Section 71
जिम्मेवार व्यक्तिको कर्तव्य
कुनै कार्यस्थल, उपकरण, वस्तुवा पदार्थ सम्बन्धित कामको लागि
सुरक्षित तथा स्वस्थ भए वा नभएको कुरा सुनिश्चित गर्ने कर्तव्य जिम्मेवार व्यक्तिको हुनेछ ।
स्पष्टीकरण ः यस दफाको प्रयोजनका लागि “जिम्मेवार व्यक्ति” भन्नाले कार्यस्थल, उपकरण, वस्तु
वा पदार्थमाथि स्वामित्व वा नियन्त्रण भएको व्यक्ति सम्झनु पर्छ र सो शब्दले त्यस्तो कार्यस्थल
प्रमुख, उपकरण, वस्तुवा पदार्थको प्रयोगका सम्बन्धमा कुनै सम्झौता भएको रहेछ भने त्यस्तो
सम्झौताबाट स्वामित्व वा नियन्त्रण कायम हुनेव्यक्ति वा संस्था समेतलाई जनाउँछ ।